प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २१ सदस्सीय मन्त्री परिषद विस्तार गरेका छन् । जसमा उपप्रधान- दुई, मन्त्री- १७ र राज्यमन्त्री- एक जना रहेका छन् । सीता गुरुङ- शहरी विकास 

रेखा शर्मा सञ्चार र रञ्जिता श्रेष्ठ भूमि गरी ३ जना महिला मन्त्री एवं सुशिला श्रीपाईली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भएका छन् । बाँकी पुरुष मन्त्री भएका छन् ।

नेपाली कांग्रेसबाट पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र परराष्ट्रमन्त्री एन पि साउद, धनराज गुरूङ कानून, मोहनबहादुर बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रीमा भएका छन् ।

नेकपा माओवादीबाट उपप्रधान तथा गृह नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत ऊर्जा, सुदन किराँती संस्कृतिमन्त्री पर्यटन तथा नागरिक उडड्यनमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

नेकपा (एस)बाट डा. बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री छन् । जसपाबाट अशोक राई शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेपाल समाजवादी पार्टीबाट महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ साथै नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।