राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा

  • स्थापना मिति: 1999-01-01
  • साम्यवाद, मार्क्सवाद-लेनिनवाद, संघीयता विरोधी
  • : चित्र बहादुर केसि
  • मतदान चिन्ह: गिलास

राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन्।

वि.सं २०६२ मा, जनमोर्चा नेपालबाट अलग्गिएर एर पुनः स्थापना भएको यो पार्टी मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को कानुनी मोर्चाको रूपमा रहेको थियो।[यो पार्टी मुख्यतया बाग्लुङ र प्युठान जिल्लामा एक सशक्त राजनीतिक शक्तिको रूपमा रहेको छ। 

मार्गनिर्देशक सिद्धान्त

यस पार्टीको विचारधारा साम्यवाद मार्क्सवाद-लेनिनवाल संघीयता विरोधी हो।

यस पार्टीको घोषणापत्र

यस पार्टीले पूर्वएकात्मक प्रणालीभित्र विकेन्द्रीकरणको वकालत गर्दछ । यो सङ्घीयता विरोधी पार्टी समेत हो ।

इतिहास

स्थापना अगाडि (वि.सं २०४७–२०५०)

वि.सं २०४७ को स्थानीय निर्वाचनमा यस पार्टीले अखिल नेपाल किसान सङ्गठनको रूपमा र आम निर्वाचन २०४८मा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको रूपमा चुनाव लडेको थियो ।

विलय र विघटन (वि.सं २०५८–२०६४)

वि.सं २०५८ मा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालसँग एकीकरण भई जनमोर्चा नेपाल गठन भएको थियो। जनमोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल)को वैधानिक मोर्चाको रूपमा काम गरेको थियो। नेपालको जनआन्दोलन २०६३मा जनमोर्चा नेपाल सात दलीय गठबन्धनमा सामेल भएपछि चित्रबहादुर केसीले पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको नाम फिर्ता लिएका थिए। यस पार्टीले नेपालको अन्तरिम व्यवस्थापिका संसद्मा तीन सिट प्राप्त गरेको थियो।

संविधान सभा (वि.सं २०६४–२०७२)

२०६४ सालको संविधान सभाको निर्वाचनअघि यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।[यस पार्टीले चुनावमा चार सिट जितेको थियो।

वि.सं २०६६ पार्टीको अनुशासन तोडेको भन्दै महासचिव डिलाराम आचार्यलाई पार्टीबाट निष्कासित गरिएको थियो। निष्कासनपछि उनले अर्को पार्टी राष्ट्रिय जनमोर्चा (नेपाल) गठन गरेका थिए। संविधान सभा निर्वाचन, २०७०मा पार्टीले तीन सिट जितेको थियो।