संघीय संसद

;

संघीय संसद एक सर्वोच्च निकाए हो, जुन दुई सदनात्मक व्यवस्था हुन्छ । जसमा संघीय संसदको तल्लो सदनलाईं प्रतिनिधि सभा तथा माथिल्लो सदनलाईं राष्ट्रिय सभा भन्दछन् । नेपालको संविधानअनुसार राष्ट्रपतिसँग दुबै संसदलाईं अथवा कुनै पनि सदन [संसद] लाई आव्हान गर्न सक्ने तथा स्थगित गर्न एवम् प्रतिनिधि सभालाई नेपाल सरकारको सिफारिसमा भंग गर्नसक्ने अधिकार हुन्छ ।

नेपाल सरकार

कार्यपालिका

व्यवस्थापिका

न्यायपालिका

प्रतिनिधि सभा

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो, जुन शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य पर्दछ ।जसले व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्दछ। जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरू रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको छ।
नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका एक सय पैंसठ्ठी जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने व्यवस्थाका गरिएको छ ।साथै समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका एक सय दश जना गरी कूल दुई सय पचहत्तर सदस्य प्रतिनिधि सभा रहेने व्यवस्था गरिएको छ।

राष्ट्रिय सभा

प्रदेशहरूको न्यायोचित प्रतिनिधित्व, व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलता र प्रभावकारिताको सन्तुलनसमेतलाई संवोधन गर्न नेपालको संविधानले राष्ट्रिय सभाको व्यवस्था गरेकोछ। संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेकोछ। सिमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रिय सभा अपरिहार्य छ।
प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी निर्वाचित छपन्न जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तिमा एक जना महिलासहित तीन जना गरी राष्ट्रिय सभामा उनान्साट्ठि सदस्य रहेका छन्।