लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

  • स्थापना मिति: 2021-08-18
  • सामाजिक लोकतन्त्र र मधेसी जनअधिकार
  • : महन्त ठाकुर
  • मतदान चिन्ह: साइकल
  • घोषणापत्र Download

महन्थ ठाकुर अध्यक्ष रहनुभएको जनता समाजवादी पार्टी लोकतान्त्रिकको नाम परिवर्तन भई नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल हुन गएको छ । तराईमधेशका जनताहरूको हकहितको लागि गठनभएको उक्त पार्टीको स्थापना १८ अगष्ट २०२१ मा भयो। स्थापनाकालमा उक्तपार्टीको नाम तराईमधेश लोकतान्त्रिक पार्टी थियो ।

पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक राख्दा राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतको फागुन २३ को फैसला बाधक बन्ने निर्वाचन आयोगले जानकारी गराएपछि नयाँ नाम राख्न लागिएको हो।आयोगको आग्रहपछि अनिल झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नाम राखेर निवेदन दिइएको जानकारी दिए। यस अगाडि २४ जना केन्द्रीय सदस्य राखेर निवेदन दिएको ठाकुर पक्षले कार्यकारिणी समितिमा ७ जना महिलाको नाम थप गरेर ३१ जना बनाइएको उनले जानकारी दिए। उनले निर्वाचन आयोगमा आज नयाँ अपडेट गर्न गएको जानकारी गराए।

 

मार्गनिर्देशक सिद्धान्त

लोकतन्त्र, प्रजातन्त्रलगायत स्वयत मधेश एक रहेको छ।प्रदेश तराईमधेशका जनताहरूको हकहितको लागि गठनभएको हो।

घोषणा पत्र

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने,  सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ।