निर्वाचन प्रणाली

;

निर्वाचन प्रणाली

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली उठेका उम्मेदवारहरू मध्ये जसले सबै भन्दा बढी मत पाउँछ, उसलाई विजयी घोषणा गरिन्छ। यस किसिमको निर्वाचन प्रणालीलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अथवा प्रत्यक्ष निर्वाचन प्रणाली भनिन्छ। नेपालको संघीय प्रतिनिधि सभामा भएका २७५ सिट मध्य १६५ स्थानमा यस पद्धतिबाट निर्वाचन हुन्छ। यस निर्वाचनमा प्रत्यक क्षेत्रबाट १ जना निर्वाचित हुन्छन्।

समानुपातिक निर्वाचन प्रणाली

कुनै पनि दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचित हुने प्रणालीलाई समानुपातिक निर्वाचन प्रणाली भनिन्छ। यस निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुन्छन्।