कोशी प्रदेशको स्थानीय तहको चुनाव २०७९ मा प्रमुख र उपप्रमुख निर्वाचितहरूको दलगत विवरण
प्रमुख पुरुषहरू ४७ र महिलाहरू २ एवं उपप्रमुख पुरुषहरू ७ र महिलाहरू ४२
कोशी प्रदेशमा नेपाली कांग्रेसले २३ स्थानको प्रमुखमा जित हासिल गरेको छ । जसमा पुरुषहरू २२ स्थानमा र महिलाहरू १ स्थानमा निर्वाचित भएका छन्। कोशी प्रदेशमा नेपाली कांग्रेसले ११ स्थानको उपप्रमुखमा जित हासिल गरेको छ ।जसमा पुरुषहरू २ स्थानमा र महिलाहरू ९ स्थानमा निर्वाचित भएका छन्।
नेकपा (एमाले)ले २३ स्थानको प्रमुखमा जित हासिल गरेको छ । जसमा पुरुषहरू २२ स्थानमा र महिलाहरू १ स्थानमा निर्वाचित भएका छन्। नेकपा (एमाले)ले ३२ स्थानको उपप्रमुखमा जित हासिल गरेको छ ।जसमा पुरुषहरू २ स्थानमा र महिलाहरू ३० स्थानमा निर्वाचित भएका छन्।
नेकपा (माओवादी)ले प्रमुखमा काँही पनि जित हासिल गरेको छैन् तर नेकपा (माओवादी)ले ४ स्थानको उपप्रमुखमा भने जित हासिल गरेको छ। जसमा पुरुषहरू ३ स्थानमा र महिला १ स्थानमा निर्वाचित भएका छन्।
जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख र उपप्रमुख काँही पनि जित हासिल गरेको छैन् ।
नेकपा (एस)ले १ स्थानको प्रमुखमा जित हासिल गरेको छ। जसमा पुरुषहरू १ स्थानमा निर्वाचित भएका छन्।नेकपा (एस)ले १ स्थानको उपप्रमुखमा पनि जित हासिल गरेको छ। जसमा महिला १ स्थानमा निर्वाचित भएकी छिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ स्थानको प्रमुखमा जित हासिल गरेको छ। जसमा पुरुष १ स्थानमा निर्वाचित भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ स्थानको उपप्रमुखमा पनि जित हासिल गरेको छ। जसमा महिला १ स्थानमा निर्वाचित भएकि छिन्।
स्वतन्त्रले १ स्थानको प्रमुखमा जित हासिल गरेको छ। जसमा पुरुषहरू १ स्थानमा निर्वाचित भएका छन्।
Comments