प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पुरुष १५६ जना र प्रतिनिधि सभामा प्रत्यक्षतर्फ महिला ९ जना सांसद निर्वाचित भएकोमा हाल प्रत्यक्षतर्फ ३ जना पुरुष सांसद पद खाली छ। प्रत्यक्षतर्फ तनहुँ-१ बाट प्रत्यक्षमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि एवं बारा-२ बाट प्रत्यक्षमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँहरूको ठाउँमा बैशाख-१० मा उपचुनाव हुँदैछ।त्यसैगरी चितवन-२ बाट प्रत्यक्षमा निर्वाचित पूर्वउपप्रधान एवं गृहमन्त्रीरवि लामिछानेको कानुन बमोजिम पुन:नेपाली नागरिकता नलिएको भन्दै अदालतले सांसद पद खारिज गरिदिएको छ।सो ठाउँमा पनि बैशाख-१० मा उपचुनाव हुँदैछ।

प्रतिनिधि सभामा समानुपातिकतर्फ पुरुष-२८ र प्रतिनिधि सभामा समानुपातिकतर्फ महिला-८२ सांसद चुनिएका छन्।