कृष्ण कुमार श्रेष्ठ
- पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
- जन्म मिति: 2024-09-07
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: प्रवीणता प्रमाणपत्र
श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ किसानको जन्म २०२४ पुस ७ गते म्याग्दे गाउँपालिका १ को दबुङमा बुवा स्व. केवलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको सन्तानको रुपमा भएको थियो ।
श्रेष्ठ पञ्चायत कालमा नै विद्यार्थी राजनीतिमा होमिएका थिए।
२०३८ सालमा अनेरास्ववियुको सदस्यता लिएका श्रेष्ठले त्यसपछि विभिन्न रुपमा पार्टीगत जिम्मेवारी निभाउदै गए।
प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जेलनेल भोगे।
२०५१ सालबाट पार्टी राजनीतिमा सक्रिय रहेका उनले गत चुनावमा तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद चुनिएका थिए।

पौडेललाई पराजित गरेका श्रेष्ठ कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बनेका छन्।
२०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए।
श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए।
श्रेष्ठ तनहुँका नाम चलेका व्यापारी हुन् ।
श्रेष्ठ नेकपा एकिकृत समाजवादीका नेता हुन् ।
उनी ०७४ मा तनहुँ १ बाट निर्वाचन जितेका थिए ।
रामचन्द्र पौडेललाई पराजित गरेर चर्चामा आएका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत भइसकेका छन् ।
सत्ता गठबन्धनले तनहुँ १ मा पौडेललाई उम्मेदवार बनाएपछि श्रेष्ठ बारा ४ बाट उम्मेदवार बने।

राजनिति