जनार्दन शर्मा

Janardhan Sharma

जनार्दन शर्मा

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
  • जन्म मिति: 2019-12-29
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: स्नातक
जनार्दन शर्मा एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व अर्थमन्त्री हुन्।

उनी तीन पटकको सांसद हुन् ।

उनले यसअघि गृह, उर्जा तथा शान्ति तथा पुनर्निर्माण मन्त्री नेपाल मन्त्री भइसकेका छन्।वर्तमान अर्थमन्त्री जनार्दन शर्मा २०३४ सालमा राजनीतिमा प्रवेश गरेका थिए ।

२०५६ सालमा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समिति सदस्य र २०५७ सालमा पोलिटब्युरो सदस्य बनेका थिए ।

उनी २०६० सालमा ‘जनसेना’ को डिभिजन कमाण्डरको रुपमा छानिएका थिए ।

उनी २०७० सालमा पार्टीको स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए ।

२०७५ सालमा शर्मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज भए ।

उनी २०६३ सालको अन्तरिम संसदमा सांसद थिए ।

शर्मा २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा र २०७४ को निर्वाचनमा रुकुम पश्चिमबाट पुनः निर्वाचित भएका थिए ।शर्मा २०६५ मा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०७३ मा उर्जामन्त्री, २०७४ मा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए ।


राजनीति

मन्त्री

2065-05-15 - वर्तमान

शान्ति तथा पुननिर्माण

मन्त्री

2073-04-30 - वर्तमान

उर्जा

मन्त्री

2074-02-24 - 2074-06-31

गृह

मन्त्री

2074-06-31 - 2074-09-28

विना विभागीय