सुनिता डंगोल

Sunita Dangol

सुनिता डंगोल

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • जन्म मिति:
  • लिङ्ग: महिला
  • शैक्षिक योग्यता: स्नातकोत्तर

सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौं महानगरको उपप्रमुखक हुन् ।

डंगोल सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन् ।

तर उनलाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनायो ।

त्यसो त, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा काम गरेकी थिइन् ।


सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल उनी प्रतिभाशाली युवा नेतृ हुन् ।

उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन् ।

लिपि क्वीनले चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् ।

उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् ।

यिनै क्षमता र विशेषताको बलमा ३० वर्षीया डंगोल भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै ‘भिजिबल’ छन् ।

नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् ।

आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् ।

नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गर्न सकिन्छ ।

यो निर्णय गरिरहँदा पार्टीमा लामो समयदेखि क्रियाशील धेरै नेता पाखा लागेका छन् ।

डंगोल पार्टीको मतसँगै स्वतन्त्र मत समेत आफूलाई आउने दाबी गर्छिन् ।


‘काठमाडौंका बासिन्दाको माया हामीले पाइरहेका छौं, पार्टीको शक्ति त छँदैछ’ डंगोल भन्छिन्, ‘न्युट्रल भोट हेर्ने हो भने पनि अहिले देशभर युवा पुस्तालाई मौका दिनुपर्छ भन्ने आवाज आइरहेको छ ।’मतदाताको यही चाहनालाई सम्बोधन गर्दै पार्टीले आफूलाई अवसर दिएको बुझाइ उम्मेदवार डंगोलको छ ।

उनी भन्छिन्, ‘पार्टीको यही निर्णयका कारण जो कुनै पनि पार्टीमा हुनुहुन्न, उहाँहरू पनि एमालेप्रति आकर्षित हुनुभएको छ ।’

  • सन् २०११ मा मिस नेवा:
  • उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन्।
  • उनले नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन्।