⋯
२०८२ भाद्र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति १ हप्ताभित्र…
◐ प्रगतिमा
⏱ म्याद: ७ दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
७ दिन
प्रगतिमा
२०८२ भाद्र २४ गतेका घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति १ हप्ताभित्र गठन गर्ने; समितिले निश्चित समयसीमामा प्रतिवेदन पेश गर्ने
☞ हाम्रो मूल्याङ्कन
वाचा गरिएझैँ भदौ २४ का लागि छुट्टै, स्वतन्त्र सत्यतथ्य छानबिन समिति भने अहिलेसम्म गठन भएको छैन। तर वैशाख २, २०८३ को मन्त्रिपरिषद् बैठकले भदौ २३–२४ को घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा (सदस्य: पूर्व-प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुवोध अधिकारी र टेकप्रसाद राई) तीन सदस्यीय समिति गठन गरेको छ।
यो समिति भने वाचामा उल्लिखित "सत्यतथ्य छानबिन" को कार्यादेश भएको समिति होइन — यसको दायरा विद्यमान आयोग-प्रतिवेदनको कार्यान्वयन र सुरक्षा संयन्त्रको अध्ययनमा सीमित छ। यसअघि गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ सम्बन्धी प्रतिवेदन बुझाए पनि भदौ २४ मा थप छानबिन आवश्यक रहेको सुझाव दिएको थियो, जुन सुझावको पूर्ण सम्बोधन भइसकेको छैन।

🏛 सरकारी दाबी · Not Mentioned
भाद्र २४ का घटनाको उच्चस्तरीय छानबिन समिति गठनबारे प्रतिवेदनमा कुनै दाबी छैन।
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
2
जेन-जी आन्दोलन (भाद्र २३–२४) का घटनाको न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनका सुझाव/सिफारिस…
सुरु नभएको
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: baahrakhari.com ↗