Skip to main content

जेन-जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूको न्याय र पुनःस्थापनाका लागि शहीद परिवार…

◐ प्रगतिमा ⏱ म्याद: १०० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; सम्बन्धित मन्त्रालयहरू
घोषणा १३ डिसेम्बर २०८२
म्याद १०० दिन
प्रगतिमा
जेन-जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूको न्याय र पुनःस्थापनाका लागि शहीद परिवार तथा घाइतेको डाटा संकलन, रोजगारी, सीप विकास, मनोसामाजिक परामर्श सहितको प्याकेज कार्यान्वयन; गौरीबहादुर काकी आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाउने
☞ हाम्रो मूल्याङ्कन
सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि मन्त्रिपरिषद्बाट असार १८, २०८३ मा स्वीकृत एकीकृत प्याकेज कार्यान्वयनमा उल्लेख्य कदम चालेको छ। साउन २९ मा प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा 'जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति' गठन भई काम सुरु भएको छ, र भदौ १५ मा शहीद परिवार तथा घाइतेलाई स्वरोजगारका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था कार्यविधिमा थपिएको छ।

तथापि वाचामा उल्लिखित डाटा संकलन, सीप विकास र मनोसामाजिक परामर्श का ठोस कार्यान्वयनको प्रमाण अझै अपूर्ण छ, र गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउने भाग पनि पूरा भइसकेको छैन ।
🏛 सरकारी दाबी · Claimed In Progress
घाइते तथा शहीद परिवारका लागि राहत, उपचार, रोजगारीसहितको एकीकृत प्याकेज घोषणा; ५१३ घाइतेलाई मासिक भत्ता निरन्तर; जेनजी कल्याणकारी परिषद् गठन कार्यविधि तयार; ७६ जनाभन्दा बढीलाई रोजगारी/सीप/परामर्श कार्यक्रम सञ्चालनको दाबी। (पृ. १५, २४, २५, ३१)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: kathmandupost.com ↗ +1
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.