⋯
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने…
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · गृह मन्त्रालय; राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
तत्काल
प्रगतिमा
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने; नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्लाबाट पाउने व्यवस्था तत्काल लागू गर्ने; वडास्तरबाट डिजिटल सिफारिश प्रणाली लागू गर्ने
☞ हाम्रो मूल्याङ्कन
सरकारले २९ असारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरेको छ, र हुलाकमार्फत घर-घरमै पुर्याउने "सरकारी कुरियर सेवा" हाल ७७ वटै जिल्लामा पुगेको छ; २०८३ भदौ १ सम्म ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दुई लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत ढुवानी गरिएको छ।परराष्ट्र मन्त्रालयले नै २४ जुलाई २०२६ मा नयाँ राहदानी प्रणालीका प्राविधिक समस्या क्रमशः समाधान भइरहेको र जुनसुकै जिल्लाबाट आवेदन दिने व्यवस्था कार्यान्वयनको प्रक्रिया मात्र सुरु भएको बताएको छ , पूर्ण सञ्चालनमा आइसकेको छैन।नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट, तथा वडास्तरीय डिजिटल सिफारिस प्रणाली , यी भाग लागू भएका भरपर्दो प्रमाण भेटिएका छैनन्; अझै घोषणा/तयारीकै तहमा देखिन्छन्।
🏛 सरकारी दाबी · Claimed In Progress
७७ जिल्लाका स्थानीय तहबाट अनलाइन नागरिकता सिफारिस; राहदानीमा प्रि-इन्रोलमेन्ट/अपोइन्टमेन्ट; दोहोरो नागरिकताको NID जिल्लाबाटै अद्यावधिक; ७ नयाँ इलाका प्रशासन कार्यालयमा विद्युतीय नागरिकता सेवा सुरुको दाबी। (पृ. ७, १६, १७)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
4
सबै सार्वजनिक सेवा अनलाइन
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ratopati.com ↗