Skip to main content

फ्रन्ट डेस्कमा काम गर्ने सबै कर्मचारीहरूको सूची र तालिमको आवश्यकता १५ दिनभित्र संघीय…

◐ प्रगतिमा ⏱ म्याद: १५ दिन / ६ महिना 🪪 सेवा प्रवाह र गुनासो · सबै कार्यालयहरू; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा १३ डिसेम्बर २०८२
म्याद १५ दिन / ६ महिना
प्रगतिमा
फ्रन्ट डेस्कमा काम गर्ने सबै कर्मचारीहरूको सूची र तालिमको आवश्यकता १५ दिनभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपलब्ध गराउने; ६ महिनाभित्र आवश्यक तालिमको व्यवस्था गर्ने
☞ हाम्रो मूल्याङ्कन
फ्रन्ट डेस्कमा काम गर्ने तीन हजार २०४ कर्मचारीको विवरण सङ्कलन भइसकेको छ। अर्थात् सूची बुझाउने (१५ दिने) काम पूरा भएको देखिन्छ। मन्त्रालयले पहिलो चरणमा संघीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ। यो तालिम जेठ ५ गतेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत अघि बढाइएको हो। यो तीन दिने नागरिक-केन्द्रित प्रशिक्षण हो। मन्त्रालयले असार मसान्तभित्र संघीय तहका एक हजार २० जनालाई भौतिक रूपमा तालिम दिने लक्ष्य राखेको छ। आगामी आर्थिक वर्षदेखि यसलाई पूर्ण रूपमा अनलाइन ढाँचामा रूपान्तरण गर्ने गरी पाठ्यक्रम तयार पार्ने काम भइरहेको छ, र फ्रन्ट डेस्कमा बस्न यो कोर्स अनिवार्य उत्तीर्ण गरेको हुनुपर्ने प्रणाली स्थापना गरिने मन्त्रालयका सहसचिव एकदेव अधिकारीले बताएका छन्। साथै यो अभ्यासलाई प्रदेश सरकारका सुशासन केन्द्र र स्थानीय तहहरूसँग समन्वय गरी देशैभरि विस्तार गर्ने तयारी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
फ्रन्ट डेस्कमा कार्यरत ३,२०४ कर्मचारीको विवरण संकलन गरी १३८ अधिकृत र ३४७ सहायकस्तर कर्मचारीलाई तालिम दिइएको दाबी। (पृ. ३१)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ratopati.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.