⋯
अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति, आयोजना र संस्थागत संरचनाहरूको…
◐ प्रगतिमा
⏱ म्याद: १ महिना 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; अर्थ मन्त्रालय; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
१ महिना
प्रगतिमा
अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति, आयोजना र संस्थागत संरचनाहरूको मूल्याङ्कन गरी खारेज, एकीकरण वा पुनःसंरचना गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने; १ महिनाभित्र सिफारिस सहित प्रतिवेदन पेश गर्ने
☞ हाम्रो मूल्याङ्कन
प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको संयोजकत्व (अर्थ, उद्योग-वाणिज्य, संघीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य) मा गठित उच्चस्तरीय कार्यदलले अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको र मन्त्रिपरिषद्ले कार्यान्वयनको निर्णय गरिसकेको छ। सो निर्णयअनुसार संघीय तहका कुल ५५ निकाय खारेजी/एकीकरण/हस्तान्तरण/पुनर्संरचना हुँदैछन् , कार्यदल प्रतिवेदनअनुसार २५ खारेज, ६ एकीकरण, ६ हस्तान्तरण र १८ पुनर्संरचना (अर्थमन्त्री वाग्लेको संसद् वक्तव्यमा ३१ खारेज उल्लेख)। अर्थमन्त्रालयको अनुमानमा यसबाट करिब २० अर्ब चालु खर्च बचत हुने। कार्यान्वयन सम्बन्धित मन्त्रालयमार्फत जारी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
३१ निकाय खारेजी, ६ मर्जर, ६ हस्तान्तरण र १८ निकायको पुनर्संरचना प्रक्रिया अगाडि बढेको दाबी। (पृ. ५)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
26
सार्वजनिक संस्थान वर्गीकरण (गाभ्ने/निजी-सार्वजनिक/रणनीतिक साझेदार/विकेन्द्रित)
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: onlinekhabar.com ↗