Skip to main content

सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै शुरु गर्ने

◐ प्रगतिमा ⏱ म्याद: १०० दिन 🧑‍🤝‍🧑 रोजगार र सामाजिक सुरक्षा · भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय; नेपाल राष्ट्र बैंक
घोषणा १३ डिसेम्बर २०८२
म्याद १०० दिन
प्रगतिमा
☞ हाम्रो मूल्याङ्कन
प्रतिवद्धता कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले 'समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सम्बन्धी कार्यविधि, २०८३' स्वीकृत गरेको छ। यस कार्यविधिअनुसार बचतकर्ताको रकम फिर्ता गर्न एक चक्रीय कोष (Revolving Fund) स्थापना गर्ने व्यवस्था गरिएको छ। सरकारले चालु बजेटबाट करिब ५० करोड रुपैयाँ यसका लागि विनियोजन गरेको मन्त्रालयको दाबी छ।सरकारले आफ्नो १०० दिनको प्रतिवद्धता अनुरूप 'प्रक्रियाको सुरुवात' र 'कार्यविधि निर्माण' त गर्‍यो, तर बजेट अभाव र सम्पत्ति व्यवस्थापनको जटिलताका कारण आम साना तथा मझौला बचतकर्ताले आफ्नो वास्तविक बचत रकम हात पार्ने कार्य अझै धेरै बाँकी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
समस्याग्रस्त १० सहकारीका १,७५४ साना बचतकर्ताको रु. २ करोड ६३ लाख ९० हजार बचत फिर्ता; रु. २५ करोड बजेट निकासा; सहकारी ऐन संशोधन अध्यादेश जारी र बाँकी बचत फिर्ता प्रक्रियामा रहेको दाबी। (पृ. ११, ३४)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.