Skip to main content

कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा…

◐ प्रगतिमा ⏱ म्याद: ४५ दिन 💰 राजस्व र वित्त · अर्थ मन्त्रालय; आन्तरिक राजस्व विभाग
घोषणा १३ डिसेम्बर २०८२
म्याद ४५ दिन
प्रगतिमा
कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना ४५ दिनभित्र तर्जुमा गरी लागू गर्ने
☞ हाम्रो मूल्याङ्कन
बजेटमार्फत स्वचालन र सेवामैत्री पक्षका धेरै उपाय समेटिए ,मूल्य अभिवृद्धि कर फिर्ता प्रणाली स्वचालित बनाउने, र वार्षिक १० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अनिवार्य ई-बिलिङ (केन्द्रीय बिजक अनुगमन प्रणाली) मा आबद्ध गर्ने तथा कृत्रिम बुद्धिमत्ता (AI) सहितको ई-असेस्मेन्ट पद्धति विकास गर्ने। यी नीतिगत घोषणाले स्वचालन एजेन्डा बजेटमा प्रवेश गरेको देखाउँछ। अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन ठोस कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जाने निर्णय गर्‍यो। गृहमन्त्रीले समयसीमासहितको जिम्मेवारी निर्धारण गरी 'डेडिकेटेड एक्सन प्लान' तयार पार्न निर्देशन दिएका थिए। तर ४५ दिने निश्चित समयसीमाभित्र छुट्टै "कर प्रशासन स्वचालन कार्ययोजना" तर्जुमा भई औपचारिक रूपमा लागू भयो भन्ने पुष्टि सार्वजनिक स्रोतमा देखिँदैन।
🏛 सरकारी दाबी · Claimed In Progress
कर विवरण/चुक्तालगायत सेवा पूर्ण अनलाइन; कर प्रशासन स्वचालित बनाउने कार्ययोजना कार्यान्वयनमा; राजस्व अनुसन्धान विभाग खारेज गरी IRD/भन्सारमा गाभिने व्यवस्था; डेडिकेटेड अप्रेशन टिम गठनको दाबी। (पृ. ८, १८, १९)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: beemapost.com ↗ +1
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.