⋯
बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने Integrated…
◐ प्रगतिमा
⏱ म्याद: १०० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · नेपाल राष्ट्र बैंक; वित्तीय जानकारी इकाई
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
१०० दिन
प्रगतिमा
बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने Integrated Digital Asset Registry स्थापना गर्ने; Risk-Based Red Flag प्रणाली लागू गर्ने — यो कार्य १०० दिनभित्र सम्पन्न गर्ने
☞ हाम्रो मूल्याङ्कन
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ संशोधन गरी सबै बैंक खाता र डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र (NID) नम्बर असोज मसान्त २०८३ भित्र अद्यावधिक अनिवार्य गरेको छ, जुन पहिचान एकीकरणको जग हो, तर आफैंमा सम्पत्ति लगत होइन। रेड फ्ल्यागका सन्दर्भमा राष्ट्र बैंक प्रवक्ताले अद्यावधिक नभएका खातामा बैंकहरूले रेड फ्ल्याग देखाउने प्रणाली विकास गर्न सक्ने बताएका छन्, जुन भविष्यको सम्भावनाका रूपमा र बैंक तहमा सीमित छ, राष्ट्रिय स्तरको जोखिममा आधारित एकीकृत प्रणाली होइन। निष्क्रिय खाता व्यवस्थापन कार्ययोजना पनि २०८३ पुस मसान्तभित्र लागू गर्ने भनिएको छ।
थप, वित्तीय कार्यदल (FATF) ले जुन २०२६ मा नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमै राखी ६ बुँदे निर्देशन दिएको छ, जसले प्रणालीगत कमजोरी अझै बाँकी रहेको संकेत गर्छ।
थप, वित्तीय कार्यदल (FATF) ले जुन २०२६ मा नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमै राखी ६ बुँदे निर्देशन दिएको छ, जसले प्रणालीगत कमजोरी अझै बाँकी रहेको संकेत गर्छ।
🏛 सरकारी दाबी · Claimed In Progress
बैंक खाता, डिजिटल वालेट, सेयर लगानी समेट्ने एकीकृत डिजिटल सम्पत्ति लगत स्थापनाको प्रक्रिया सुरु; अर्थ, आन्तरिक राजस्व र राष्ट्र बैंकको समन्वयमा मोडालिटी तयार भइरहेको दाबी (१०० दिनभित्र सम्पन्न गर्ने लक्ष्य पूरा भएको देखिँदैन)। (पृ. ३)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
3
२०५६ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पति छानबिन
सम्पन्न
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: techpana.com ↗ +2