Skip to main content
सूर्य बहादुर  थापा क्षेत्री

सूर्य बहादुर थापा क्षेत्री

Surya Bahadur Thapa Chhetri

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
16,710
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
51
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Pyuthan
Constituency
1
Candidacy year (BS)
2082
Total votes
16,710
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

प्यूठानको झिमरुक गाउँपालिका–१, सौतामारेमा जन्मिएका ५१ वर्षीय सूर्य थापा एक अनुभवी राजनीतिज्ञ र पूर्व सञ्चारकर्मी हुन्। पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा हासिल गरेका थापा विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। अर्घाखाँचीका सिद्धार्थ र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भएका उनी काठमाडौंको कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति समेत निर्वाचित भएका थिए। अध्ययनशील र वैचारिक स्पष्टता भएका नेताका रूपमा उनलाई चिनिन्छ।

Career · पेशा

राजनीतिसँगै थापाको लामो समय पत्रकारितामा व्यतित भयो। २०५१ सालपछि सक्रिय पत्रकारिता सुरु गरेका उनले नेकपा (एमाले) निकट विभिन्न पत्रपत्रिकाहरूमा सम्पादकीय नेतृत्व सम्हाले। उनले रेडियो नेपालका चर्चित कार्यक्रमहरू ‘घटना र विचार’ तथा ‘परिवेश’ मा समेत काम गरेका थिए भने झण्डै सात वर्ष एमालेको मुखपत्र ‘नवयुग’ मासिकको सम्पादन गरे। पत्रकारिता क्षेत्रको अनुभवकै कारण उनले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा मिडिया कन्सल्ट्यान्ट तथा झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार जस्तो गरिमामय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए।

Political journey · राजनीतिक यात्रा

२०६४ सालमा एमालेको प्रचार विभाग सचिव नियुक्त भएपछि थापा पूर्णकालीन राजनीतिमा सक्रिय भए। उनको औपचारिक संसदीय यात्रा २०७९ को निर्वाचनबाट सुरु भयो, जहाँ उनले प्यूठानबाट ५ हजार ३०४ मतान्तरले जित हासिल गरेका थिए। सांसदको रूपमा उनले ‘सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति’ को सभापति बनेर गोर्खा मिडियामा भएको गैरकानूनी रकम प्रवाहबारे महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गरी चर्चा कमाए। संसद् विघटनपछि उनी पुनः २१ फागुनको निर्वाचनका लागि एमालेबाट प्यूठानमै चुनावी मैदानमा उत्रिएका छन्।

Education · शिक्षा

एम.फिल.पिएचडी (शोधार्थी)

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — प्यूठान
    16,710 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    प्यूठान

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.