सांसद (प्रत्यक्ष) — क्षेत्र 1
सागर ढकाल
Sagar Dhakal
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 29,642
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 34
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Designation
- पार्टी सदस्य
- Election level
- Federal
- District
- Gulmi
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 29,642
- Permanent address
- गुल्मी सत्यवती गाउँपालिका पिपलनेटा
- Election history (notes)
- उनी आफ्नो गृहजिल्ला गुल्मी छोडेर प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा पुगे र देउवा विरुद्ध ' स्वतन्त्र उम्मेदवारी दिए। उनले डडेल्धुरामा देउवालाई कडा टक्कर दिए। देउवाले २५,५३४ मत ल्याएर जित्दा सागर ढकालले १३,०४२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे।
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
सागर ढकाल नेपालका एक स्थापित हाइड्रो-मेकानिकल इन्जिनियर, सामाजिक अभियन्ता र उदीयमान युवा राजनीतिज्ञ हुन्।नेपाली राजनीतिमा उनि "पढेका युवाहरू राजनीतिमा आउनुपर्छ" भन्ने भाष्य निर्माण गर्ने एक चर्चित युवा अभियन्ता हुन्। २०७९ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध डडेल्धुरामा निर्वाचन लडेपछि उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका थिए।
Career · पेशा
उनको व्यावसायिक अनुभव एशिया, अफ्रिका, युरोप र मध्य पूर्वका देशहरूमा फैलिएको छ। उनले विशेष गरी पानी, स्वास्थ्य, ऊर्जा, वातावरण र जलवायु परिवर्तन जस्ता बहुआयामिक क्षेत्रहरूमा काम गरेका छन्। उनले भौतिक विज्ञान (Physics) र गणित (Mathematics) का शैक्षिक सामग्रीहरू तयार पार्नुका साथै विभिन्न अनुसन्धान पत्रहरू समेत प्रकाशित गरेका छन्। उनले ऊर्जा मन्त्रालयको तर्फबाट अमेरिकाको MWH र अष्ट्रेलियाको SMEC जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्दै यस आयोजनामा काम गरेका थिए।
Political journey · राजनीतिक यात्रा
सागर ढकालले नेपालको प्रतिष्ठित पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङमा स्नातक (Bachelor's in Engineering) पूरा गरेका छन्। त्यसपछि उनले सन् २०१८ मा बेलायतको विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालय (University of Oxford) बाट 'अक्सफोर्ड-वाइडेनफेल्ड एण्ड हफम्यान छात्रवृत्ति' अन्तर्गत 'जल विज्ञान, नीति र व्यवस्थापन' (Water Science, Policy, and Management) विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गरे। सागर ढकालको राजनीतिक यात्रा बीबीसी साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएको भिडियो भाइरल भएपछि राष्ट्रिय चर्चामा आएको हो। यही घटनाबाट प्रेरित भई उनले वि.सं. २०७९ को निर्वाचनमा डडेल्धुराबाट देउवा विरुद्ध नै स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचनमा पराजित भए तापनि उनले प्राप्त गरेको उल्लेख्य मतले परम्परागत राजनीति विरुद्ध र सुधारवादी एजेन्डाको पक्षमा बलियो जनसमर्थन रहेको स्पष्ट पारेको छ।
Education · शिक्षा
एमएससी
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — गुल्मी
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSElected Official · Electedगुल्मी
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.