Skip to main content
रोहित कुमार बास्तोला

रोहित कुमार बास्तोला

Rohit Kumar Bastola

Party · दल
प्रगतिशील लोकतान्त्रिक पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
33
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
37
Party (registry)
प्रगतिशील लोकतान्त्रिक पार्टी
Election level
Federal
District
Lalitpur
Constituency
1
Candidacy year (BS)
2082
Total votes
33
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

रोहित कुमार बास्तोला नेपालको राजनीतिक क्षेत्रमा एक प्रखर र बौद्धिक युवा नेता हुन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य हुन् र हाल ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेका छन्। अर्थशास्त्र, भूगोल र इन्जिनियरिङका अध्येता बास्तोलाले विगत दुई दशकदेखि उत्पीडित वर्ग र जनपक्षीय मुद्दाहरूमा आफूलाई समर्पित गर्दै आएका छन्। प्रत्यक्ष लोकतन्त्र, सुशासन, र रैथाने ज्ञानको संरक्षणलाई मुख्य एजेन्डा बनाएका उनी "खुलेको एकल आँखा" चुनाव चिन्ह लिएर वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेका छन्।

Career · पेशा

शैक्षिक र व्यावसायिक रूपमा रोहित कुमार बास्तोलाको अनुभव निकै विस्तृत र प्राविधिक रहेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूबाट इन्जिनियरिङ, भूगोल र अर्थशास्त्रमा दक्षता हासिल गर्नुभएका उहाँले यी विषयहरूको सैद्धान्तिक ज्ञानलाई सामाजिक कार्यमा पनि उत्तिकै कुशलतापूर्वक प्रयोग गर्नुभएको छ। उहाँको अनुभवको एउटा महत्वपूर्ण पाटो त्रिभुवन विश्वविद्यालयको प्राविधिक शिक्षा क्षेत्रमा केन्द्रीय भर्ना प्रणाली लागू गराउन खेल्नुभएको अग्रणी भूमिका हो, जसले शैक्षिक क्षेत्रमा पारदर्शिता र सुधारको जग बसाल्न मद्दत पुर्‍यायो। यसका साथै, दुई दशक लामो समयदेखि सामाजिक आन्दोलन र लेखनमा सक्रिय रहँदै उहाँले सीमा रक्षाका लागि "सीमा बचाऔं" अभियानमा युवा तथा विद्यार्थीहरूको सशक्त नेतृत्व गर्नुभएको छ। उहाँको अनुभवले प्राविधिक सीप, शैक्षिक विज्ञता र भुइँतहका मानिसहरूको मुद्दालाई एकीकृत रूपमा बुझ्न सक्ने क्षमतालाई झल्काउँछ।

Political journey · राजनीतिक यात्रा

बास्तोलाको राजनीतिक यात्रा २०६१ सालमा इन्जिनियरिङ अध्ययनको क्रममा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। तत्कालीन १९ दिने जनआन्दोलनमा धरान क्षेत्रमा विद्यार्थीहरूको नेतृत्व गर्दै अग्रपंक्तिमा खटिनुभएका उहाँले अखिल (क्रान्तिकारी) मार्फत शुरुवाती राजनीतिक प्रशिक्षण प्राप्त गर्नुभएको थियो। २०६४ सालपछिका सबै निर्वाचनहरूमा सांगठनिक र रणनीतिक रूपमा सक्रिय भूमिका निर्वाह गरिसक्नुभएका उहाँ हाल जनार्दन शर्मा र सुदन किराँती जस्ता स्थापित नेताहरू आवद्ध रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ। उहाँको राजनीतिक दर्शन भ्रष्टाचार विरोधी अभियान, नवफासीवादको प्रतिवाद र जनपक्षीय राजनीतिको निर्माणमा निर्माणमा केन्द्रित छ। पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्नुभएका बास्तोलाले नीतिगत स्पष्टता, जनपक्षीय मुद्दा र सुशासनलाई आफ्नो राजनीतिको मूल आधार बनाउनुभएको छ, जसले गर्दा उहाँलाई एक सम्भावना बोकेको युवा नेतृत्वको रूपमा हेरिएको छ।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — ललितपुर
    33 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    प्रगतिशील लोकतान्त्रिक पार्टी
  • 2082 BS
    Candidate · Did not win
    ललितपुर

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.