Skip to main content
निश्कल राई
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

निश्कल राई

Niskal Rai

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
14,543
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
35
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Ilam
Constituency
1
Candidacy year (BS)
2082
Total votes
14,543
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

इलामको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिका-४, श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय निश्कल राई नेपाली कांग्रेसका एक प्रखर र बौद्धिक युवा नेता हुन्। व्यवस्थापन संकायमा स्नातकोत्तर गरी अर्थशास्त्रमा एमफिल (M.Phil) अध्ययनरत राई चियाबारीको काखमा जन्मिहुर्केका एक अध्ययनशील र इमानदार छवि भएका नेता हुन्। उनको उम्मेदवारीलाई नेपाली राजनीतिमा युवा पुस्ताको सशक्त उपस्थितिको रूपमा हेरिएको छ।

Career · पेशा

राजनीतिबाहेक राईको प्राज्ञिक र प्रशासनिक क्षेत्रमा पनि विशिष्ट पहिचान छ। काठमाडौँको शंकरदेव क्याम्पसमा लामो समय अध्यापन गराएका उनी अध्ययन, अनुसन्धान र प्रशिक्षणमा विशेष दख्खल राख्छन्। उनले कोशी प्रदेश सरकारको ‘हामी स्वयंसेवक’ कार्यक्रमको संयोजकका रूपमा सफल भूमिका निर्वाह गरिसकेका छन् भने शैक्षिक तथा वित्तीय संस्थाहरूको अनुगमन र मूल्यांकनमा समेत सक्रिय रहँदै आएका छन्। स्थानीय आवश्यकता र अन्तर्राष्ट्रिय राजनीतिक अभ्यासलाई बुझ्न सक्ने खुबी भएका कारण उनलाई केन्द्रीय नेताहरूले समेत विशेष चासोका साथ हेरेका छन्। कोशी र मधेस प्रदेशबाट यति स्पष्ट प्रोफाइल र कुशल नेतृत्व क्षमता भएको युवा उम्मेदवार सिफारिस हुनुलाई एक सकारात्मक परिवर्तनको रूपमा लिइएको छ।

Political journey · राजनीतिक यात्रा

राईको राजनीतिक यात्रा विद्यालय जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत सुरु भएको हो। स्कुल र क्याम्पस इकाइ हुँदै नेविसंघ इलामका विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका उनीसँग बलियो संगठनात्मक अनुभव छ। उनी पूर्व क्षेत्रीय सह-सचिव हुँदै कोशी प्रदेश सचिव र हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिका रूपमा सक्रिय छन्। संगठन विस्तारका लागि निरन्तर गाउँस्तरमा खटिने स्वभावका कारण उनी पार्टीभित्र र बाहिर उत्तिकै लोकप्रिय छन्। ३५ वर्षकै उमेरमा प्रतिनिधिसभाको टिकट पाउनु उनको यही दशकौँ लामो राजनीतिक निरन्तरता र निष्ठाको परिणाम हो।

Education · शिक्षा

स्नातकोत्तर(व्यवस्थापन )

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — इलाम
    14,543 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    नेपाली काँग्रेस
  • 2082 BS
    Elected Official · Elected
    इलाम

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.