नारायण काजी श्रेष्ठ
Narayan Qazi Shrestha
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 13,338
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 66
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- District
- Sarlahi
- Constituency
- 3
- Candidacy year (BS)
- 2082
- Total votes
- 13,338
- Election history (notes)
- २०६४ (पहिलो संविधान सभा): समानुपातिक तर्फबाट सभासद निर्वाचित। २०७० (दोस्रो संविधान सभा): मकवानपुर-४ बाट उम्मेदवार बने पनि पराजित। २०७४ (प्रतिनिधि सभा निर्वाचन): गोरखा-२ बाट डा. बाबुराम भट्टराईसँग पराजित। २०७६ (राष्ट्रिय सभा): गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
नारायणकाजी श्रेष्ठ 'प्रकाश' नेपाली कम्युनिष्ट पार्टीका एक वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ, जसले देशको शान्ति प्रक्रिया र संसदीय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ। राजनीतिमा लाग्नुअघि उहाँले वि.सं. २०३६ ताका काठमाडौँको सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा गणित शिक्षकका रूपमा काम गर्नुभएको थियो।हाँ वि.सं. २०३३ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँले पञ्चायती व्यवस्था विरुद्धको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएको थियो।
Career · पेशा
उहाँले सार्वजनिक प्रशासन (Public Administration) मा स्नातकोत्तर गर्नुभएको छ। २०५१ मा पार्टी विभाजन हुँदा प्रचण्ड-बाबुरामले जनयुद्ध सुरु गरे पनि श्रेष्ठले 'प्रकाश' उपनामले नेकपा (एकता केन्द्र) कै नेतृत्व गर्दै शान्तिपूर्ण तर भूमिगत राजनीति जारी राख्नुभयो। उहाँलाई वि.सं. २०६२/६३ को जनआन्दोलन र तत्कालीन ७ राजनीतिक दल एवं विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीको मुख्य मध्यस्थकर्ता र सूत्रधार मानिन्छ।उहाँले आफ्नो पूरा जीवन राजनीति र समाज सेवामा समर्पित गर्दै अहिलेसम्म विवाह गर्नुभएको छैन। उहाँ पार्टीभित्र र बाहिर स्पष्ट वक्ताका रूपमा चिनिनुहुन्छ र राष्ट्रियताका मुद्दामा आफ्नै नेतृत्वसँग पनि फरक मत राख्ने गर्नुहुन्छ।
Political journey · राजनीतिक यात्रा
उपप्रधानमन्त्री तथा गृह मन्त्री: वि.सं. २०६८ साउन १६ देखि २०६८ भदौ ३ सम्म (झलनाथ खनालको नेतृत्वमा)।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री: वि.सं. २०६८ भदौ १८ देखि २०६९ फागुन ३० सम्म (डा. बाबुराम भट्टराईको नेतृत्वमा)। यसै समयमा उहाँले सरकारको आधिकारिक प्रवक्ताको भूमिका पनि निभाउनुभएको थियो।
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री: वि.सं. २०७९ पुस ११ देखि २०७९ चैत १७ सम्म (पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा)।
उपप्रधानमन्त्री तथा गृह मन्त्री (दोस्रो पटक): वि.सं. २०७९ चैत १७ देखि २०८० फागुन २१ सम्म (पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा)। यो कार्यकालमा उहाँले भुटानी शरणार्थी र ललिता निवास जस्ता ठूला भ्रष्टाचारका काण्डको अनुसन्धान गरेर चर्चा कमाउनुभएको थियो।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री (दोस्रो पटक): वि.सं. २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म (पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा)।
Education · शिक्षा
स्नाकोत्तर
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — सर्लाही
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 3नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate · Did not winसर्लाही
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.