Skip to main content
खिमा वि.क.
सांसद (समानुपातिक)

खिमा वि.क.

Khima B.K.

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
27
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
79
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

खिमा विक दाङीशरण-२ कालंखोलाकी २७ वर्षीया नर्स हुन् । साधारण परिवारमा जन्मिएकी उनले नर्सिङ पढेर विभिन्न अस्पतालमा काम गरिन् । विदेश जाने प्रयासमा दुवई गए पनि समस्या भएपछि नेपाल फर्किएर भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा काम गरिरहेकी थिइन् । २०८१ भदौ २३ मा भैरहवामा भएको जेन्जी विद्रोहको दिन अस्पतालमा ड्युटी गर्दा रातभर जाग्राम बस्नुपरेको थियो । नर्सहरूका माग सरकारले कार्यान्वयन नगरेको देखेर उनी राजनीतिमा लाग्ने सोच बनाएकी थिइन् । पुराना दलमा आफ्नो कुरा नसुनिने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीमा अनलाइन सदस्यता लिएर प्रवेश गरिन् ।

Career · पेशा

खिमाले संसदीय उम्मेदवारीका लागि ५० हजार रुपैयाँ तिरेर समानुपातिक सूचीमा आफूलाई प्रस्तुत गरिन् । पार्टीभित्रको भोटिङमा ९८३५ मत पाएर दलित क्लस्टरमा सातौं स्थानमा परिन् । चुनावका बेला अस्पतालबाट लामो बिदा लिएर घरतिर प्रचारमा लागिन् । प्युठानमा प्रचार गर्दा खुट्टामा चोट लागे पनि दुखाइ नमानी काम गरिरहिन् । परिवारलाई सुरुमा राजनीतिको कुरा नभनेकी उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी छन् । अस्पतालबाट संसदसम्मको यात्रा आफैंलाई पनि अचम्म लागेको बताउँदै उनले भनेकी छन्, “सडकबाट सदनसम्म जाने चाहना पूरा भएको छ, अब पार्टीको नीति अनुसार देशलाई योगदान दिन्छु ।”

Education · शिक्षा

नर्सिङ

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.