Skip to main content
हर्क राज राई
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

हर्क राज राई

Hark Raj Rai

Party · दल
श्रम संस्कृति पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
35,741
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
43
Party (registry)
श्रम संस्कृति पार्टी
Election level
Federal
District
Sunsari
Constituency
1
Candidacy year (BS)
2082
Total votes
35,741
Permanent address
सुनसरी धरान उपमहानगरपालिका बुद्धचोक
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

हर्क राज राई (हर्क साम्पाङ) नेपालका चर्चित स्वतन्त्र राजनीतिज्ञ, सामाजिक अभियन्ता तथा पूर्व स्थानीय तहका प्रमुख हुन्। उनी धरान उपमहानगरपालिकाको इतिहासमा पहिलो स्वतन्त्र निर्वाचित नगर प्रमुख बनेका थिए र हाल श्रम संस्कृति पार्टी का संस्थापक तथा अध्यक्ष हुन्। उनी आफ्नो विद्रोही स्वभाव, जनमुखी अभियान र दलीय राजनीतिविरुद्धको आलोचनाका लागि प्रख्यात छन्।

Career · पेशा

अध्ययनकालमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा काम गरे र केही समय गायनमा पनि सक्रिय रहे। विदेशमा इराक र अफगानिस्तानमा ६ वर्ष रोजगारी गरेपछि स्वदेश फर्किएर सामाजिक अभियानमा लागे।राजनीतिक यात्रा वि.सं. २०७४ देखि सुरु भयो। सुरुमा भ्रष्टाचार, अवैध स्रोत दोहन र स्थानीय बेथितिविरुद्ध आवाज उठाए। वि.सं. २०७६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बने तर पराजित भए। वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बने र धरान उपमहानगरपालिकाको मेयरमा विजयी भए।यो विजयले दलीय राजनीतिप्रति असन्तुष्ट जनताको प्रतिनिधित्वको प्रतीक बन्यो।मेयर पदमा रहँदा उनले धरानको पुरानो खानेपानी संकट समाधान गर्न ९८ दिने जनश्रमदान अभियान चलाए।

Political journey · राजनीतिक यात्रा

वि.सं. २०८२ कात्तिकमा उनले श्रम संस्कृति पार्टी स्थापना गरे, जसको अध्यक्ष उनी नै छन्। यो पार्टी श्रमजीवी, किसान, गोठाला र मजदुरको नेतृत्वमा सरकार गठन गर्ने एजेन्डा बोकेको छ। दलीय राजनीतिको आलोचना गर्दै आएका उनले पार्टी गठनपछि संघीय राजनीतिमा प्रवेश गरे।जनश्रमदान, सुशासन र दलीय विकल्पको मुद्दाले उनी युवा तथा आम नागरिकमा लोकप्रिय छन्, तर विवादास्पद अभिव्यक्ति र शैलीका कारण आलोचना पनि हुने गर्दछ।वि.सं. २०८२ माघ ५ गते मा धरान मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी क्षेत्र नं. १ (धरान समावेश) बाट उम्मेदवार बने।

Education · शिक्षा

स्‍नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — सुनसरी
    35,741 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    श्रम संस्कृति पार्टी
  • 2082 BS
    Elected Official · Elected
    सुनसरी

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.