Skip to main content
विधुषी राणा
सांसद (समानुपातिक)

विधुषी राणा

Bidhusi Rana

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
49
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
51
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

विधुषी राणाको व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट सुरु भएको हो। उनले काठमाडौँको सेन्ट मेरीबाट विद्यालय शिक्षा र भारतको बैंग्लोरबाट उच्च शिक्षा पूरा गरेपछि शंकरदेव क्याम्पसबाट 'बिजनेस एडमिनिस्ट्रेसन' मा स्नातक गरिन्। वि.सं. २०५७ मा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक स्थापना गरेपछि विदुषीले त्यहाँ मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा आफ्नो करियर थालेकी थिइन्। झण्डै ८ वर्ष बैंकमा काम गरेर ब्रान्च म्यानेजरसम्म बनेकी उनले पछि छोराछोरीको पालनपोषणका लागि १० वर्ष जागिरबाट विश्राम लिएकी थिइन्। पारिवारिक जिम्मेवारी पूरा गरेपछि उनले केही समय आफ्नै ट्राभल एजेन्सी र आईटी कम्पनी पनि सञ्चालन गर्ने प्रयास गरिन्।

Career · पेशा

२०७२ सालमा ससुराको निधनपछि विदुषी पूर्ण रूपमा पारिवारिक व्यवसाय 'गोल्डस्टार' मा संलग्न भइन्। उनले उद्योगमा प्रवेश गर्दा गोल्डस्टारलाई पुरानो पुस्ताले मात्र लगाउने जुत्ताका रूपमा चिनिन्थ्यो। उनले एउटा टिम बनाएर बजारको अध्ययन गरिन् र युवा पुस्तालाई लक्षित गर्दै नयाँ मेसिन र प्रविधि भित्र्याइन्। हाल उनी गोल्डस्टारको कार्यकारी निर्देशक छिन् भने उनका श्रीमान् आमिरप्रताप राणा अध्यक्ष छन्। उनको नेतृत्वमा गोल्डस्टारले 'जी १०' सिरिज जस्ता आधुनिक र स्टाइलिस जुत्ताहरू उत्पादन गर्न थाल्यो, जसले गर्दा अहिले यो ब्रान्ड नेपाल र भारत दुवै बजारमा उत्तिकै लोकप्रिय छ। यस उद्योगले हाल ३,५०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। विधुषी राणा व्यावसायिक क्षेत्रमा मात्र सीमित नभई कूटनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन्। उनी नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत हुन्। यसका साथै उनी नेपाल उद्योग परिसंघ (CNI) को पदाधिकारी र महिला नेतृत्व फोरमकी सदस्यसमेत हुन्। 'जोन्टा' जस्ता अन्तर्राष्ट्रिय संगठनमार्फत उनले ग्रामीण क्षेत्रका महिलाहरूको सशक्तीकरण, बालविवाह न्यूनीकरण र नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि काम गर्दै आएकी छिन्। उनले विभिन्न चेम्बर अफ कमर्सहरूमा रहेर नेपालको निर्यात प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्।पछिल्लो समय विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको समानुपातिक सांसद निर्वाचित भएकी छिन्।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.