आधारभूत जानकारी
| पूरा नाम (नेपाली) | श्रद्धा कुवर क्षेत्री |
| पूरा नाम (अंग्रेजी) | Shraddha Kuwar Kshetri |
| लिङ्ग | महिला |
| उमेर | 27 |
शिक्षा
स्नातक
परिचय
२७ वर्षीया श्रद्धा कुँवर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खस–आर्य महिलातर्फ समानुपातिक सांसद निर्वाचित भएकी छन्। रूपन्देहीको देवदह–७ मा जन्मिएकी श्रद्धाले पाँच वर्षअघि राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालित 'नमुना युवा संसद्' अभ्यासमा 'काल्पनिक सभामुख'को भूमिका निर्वाह गरेकी थिइन्। पहिले नेकपा एमाले र युवा संघमा आबद्ध रहेकी उनी, 'जेन–जी' (Gen-Z) प्रदर्शनपछि युवाहरूको नेतृत्व गर्नुपर्ने उद्देश्यका साथ एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेकी हुन्। उनी अहिले त्रिभुवन विश्वविद्यालयमा वातावरण, विपद् व्यवस्थापन र पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन्।