आधारभूत जानकारी
| पूरा नाम (नेपाली) | प्रकाश चन्द्र दर्जी |
| पूरा नाम (अंग्रेजी) | Prakash Chandra Darzi |
| लिङ्ग | पुरुष |
| उमेर | 49 |
शिक्षा
स्नातकोत्तर
परिचय
प्रकाशचन्द्र २०३३ साल कात्तिक ५ गते खोटाङको ऐंसेलुखर्कमा जन्मिएका थिए। जन्म भएको केही वर्षमै परिवार इटहरी झरेको थियो। उनका हजुरबा समाजसेवी, सिलाइ-बुनाइ र बाजा बजाउनेमा निपुण थिए भने बुवा लालबहादुर परियारले पनि सिलाइको काम गर्दै दलित समुदायमा पुरेत्याइँ गर्नुहुन्थ्यो। बाल्यकालमा दलितप्रतिको छुवाछुत र विभेदका कारण उनले निकै पीडादायी घटना भोग्नुपर्यो — पुजाआजा, बिहे-बटुलोमा अलग राखिनु, साथीको घरमा गएर घृणाजन्य गाली खानु जस्ता घटनाले उनको आत्मसम्मानमा गहिरो चोट पुर्यायो। २०४५ सालमा घरमा आगलागी हुँदा किताब र झोला जलेको देखेर आगोभित्र पस्न खोजेका उनी त्यही वर्ष आमाको मृत्यु र नवजात बहिनीको मृत्युसँगै ठूलो पारिवारिक क्षति बेहोर्न बाध्य भए। स्कुलमा हाजिरी जवाफ र वक्तृत्वकलामा अब्बल उनी एसएलसी २०५० मा पास गरेर धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए र बीए उत्तीर्ण गरे। बीएपछि काठमाडौं आएर आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरे। उनले इटहरीमा तरहरा सार्वजनिक पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।