हाम्रो नेता

हाम्रो नेता नेपालको चुनावी प्रणाली तथा निर्वाचित जनप्रतिनिधिहरूको कार्यक्षमता अनुगमन गर्न सुरु गरिएको नागरिक तथा मिडिया अभियान हो।
चुनावी प्रणाली सुधारको लागि चुनावको बेलामा मात्र नभई निरन्तर नागरिक तथा मिडिया अनुगमन तथा बहसको आवश्यकता पर्दछ। यो आवश्यकतालाई परिपूर्ति गर्न भूगोल पार्कले हाम्रो नेता अभियान सुरु गरेको हो।

इन्फोग्राफिक्स

हाम्रो नेताले २०४८ देखि २०७४ सम्मको संघीय प्रतिनिधि सभामा कस्तो किसिमको दृष्य देखिन्छ भनेर मानिसहरूलाई सजिलोसँग बुझ्न सकिने गरेर तथ्याङ्कलाई दृष्यमा प्रस्तुत गरिएको छ । तर हामी यसलाई क्रमश: प्रदेश र स्थानिय निकायको बारेमा पनि तथ्याङ्कलाई दृष्यमा प्रस्तुत गरिने छ ।

संघीय संसद

संघीय गणतन्त्र नेपाल संघीय संसद अन्तर्गत एक सर्वोच्च निकाए हो। जुन दुई सदनात्मक व्यवस्था हुन्छ जसमा संघीय संसदको तल्लो सदनलाई प्रतिनिधि सभा तथा माथिल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ।

थप पढ्नुहोस्
निर्वाचन प्रणाली

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली उठेका उम्मेद्वारहरू मध्ये जसले सबै भन्दा बढी मत पाउँछ, उसलाई विजयी घोषणा गरिन्छ। यस किसिमको निर्वाचन प्रणालीलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अथवा प्रत्यक्ष निर्वाचन प्रणाली भनिन्छ।

थप पढ्नुहोस्

हाम्रो ब्लग